Posts

Featured Post

ऐंठे सिक्री !!

Image
यसपाली भने गज्जबै गर्यो कोरोनाले । तिमीलाई माइत नजान कुनैपनि बाहना पार्नु परेन,, अझ पालो भन्दा पहिल्यै तिमी पर सर्नुपनि परेन । माइतीबाट आएको फोनको भाइब्रेसनले फोन भन्दा बढी तिमी भित्रको मन थर्किएको पनि त महशुस गरेको थिए नि मैले ! अनि हिजैमात्र नगरपालिकाले जारी गरेको निषेधाज्ञाको बारेमा थाह पाएपछि गह्रुङ्गो घाँसको भारी बोकेर अप्ठेरो बाटो कटिसकेपछि भेटिएको विसौनीमा फ्यात्त फालेपछिको आनन्द जस्तै हलुका महशुसको अनुभव पनि गरेकै हो । अरुले देख्दा माइत जान नपाएर विरक्तिएको अनुहारभित्रको यथार्थता मैले बाहेक अरु कसले बुझ्छ होला र ? आठ वर्षमा बिहेको वर्ष बाहेक अन्य तिजमा एकपटक पनि माइत नजानुमा २ वर्ष मात्रै त हो वास्तविक कारण परेको । त्यहिँ वर्ष पनि त्यहि सिक्रीको सोधनी नभएको भए, तिमीले वास्तविक जवाफ नदिएर कुरा मिलाउन जानेको भए तिमीलाई हरेक तिजमा माईतीको आँगनमा गएर नाच्ने रहरलाई पक्कै मार्नुपर्दैनथ्यो । तिम्रा यि इच्छा मार्नुपर्ने कुनै कारण देख्दिन भने पनि मुख्य कारण त म नै थिए नि ! विदेशमा धेरै कमाउनेको प्रस्ताव आउदा तिमीले विदेश जानेसंग विहे नगर्ने भनेकै कारणले त   प्राइभेट...

धोबी चरी (गजल)

Image
  June 16, 2013 धोवी चरी मिर्मिरेको आँगनीमा धोबी चरी गाउन थाली,  चिरबिर चिरबिर भाका फेरी गाउन थाली । लालिमाले पोतिएको पूर्वी क्षितिज पर , समानान्तर आकाशमा नाच्दै फेरि गाउन थाली । मगमग पाजिातको मदहोसी पवनले, लठ्ठिएर सुरताल फेरि फेरि गाउन थाली । वसन्तको पल्लव भित्र लुकामारी खेल्दै, हराएको मेरो मन चोरी चोरी गाउन थाली । रुमल्दिै थियो मुक्ति झम्के बिहानीमा , उमङ्ग र उल्लासको बर्षा छरी गाउन थाली ।

माछापुच्छ्रे (कविता)

Image
  June 16, 2013 स्वर्णिम हिम चादरको आँचल ओढी हरियो फरियाले ढपक्क ढाक्दा आफ्नो आङ्, लालीमय उषादेखि गोधूली सन्ध्यासम्म बादलुको पर्दाबाट चिहाएर मसँग लुकामारी खेल्दा शीतल पवनले सर्लक्क सुकाई दिँदा जिउका पसिना , मुसुक्क मुस्कुराउथ्यौ तिमी दन्त लहर फिँजाएर । म हेर्दै टोलाउँथे देउरालीबाट लोलाएर .....। काउकुतीले सताउथ्यो मलाई तिम्रो रुपको वर्णनले मात्र पनि तिमीमा स्पर्शित पवनले हर्ष र आनन्दको वर्षा गराउथ्यो ममा अनि हराउथेँ टोलाएर स्मृतिपटलमा सल्बलाउने ती मनमोहक ती दृष्यहरु तिमीभित्र छिपेका विभिन्न आकृतिहरु मनभरि कल्पिएर । बाघजस्तै निर्भिक जीवनसँग सन्तुलन राख्दै, घोडाजस्तै कुदेर प्रगतिको शिखर चुम्ने उत्कण्ठा मेरो, तिम्रो कौमार्य जन्मजन्मान्तर पाउने अभिलाषा साँचेर । तर ..............? ओ माछापुच्छ्रे ! तिम्रो कौमार्य नै फिक्का लाग्दैछ आज बुढ्यौलीका स्पष्ट रेखा तिम्रा भावाङ्गीमा झुल्किदा शीतल पवन पनि कर्कश स्याँठ लाग्छ । देउरालीको सिर्सिरे, मुटु छुने सिरेटो लाग्छ । सिकार भइसकेछ घोडा .......................... तिमीभित्रकै बाघबाट ? अहँ, हैन ! हामी मानवबाट हाम्रो मानवताबाट ! त्यसैले त उसको पनि वध...

आज नेपाल बन्द छ ।

Image
  j une 19, 2013 आज नेपाल बन्द छ ।  खै कहाँ हो < कसले हो कसलाई ,  खै कुन्नी के वाहनामा , खै कुन्नी के भएर,   खै कसरी कुन्नी के ग¥यो अरे  आज नेपाल बन्द छ ।   खै कसको < खै के नामको < खै कुन सिद्धान्तको < खै कुन वर्गको < कुन्नी कुन राजनितिक पार्टीको, खै कहिलेदेखीको < एउटा कार्यकर्तालाई, दिन दहाडै सडकमा, मान्छे मार्दै गर्दा   पूलिसले समात्यो अरे  उसलाई किन समातियो < पार्टीको माग छ ,  आज नेपाल बन्द छ  ,  मर्ने त अर्को पार्टीको थियो , उ हाम्रो हो , किन समातियो < हामीमाथी किन षड्यन्त्र < छानविन समिति गठन हुनुप¥यो , उसमाथीको विल्ला खारेजी  अनि  हााम्रो कार्यकर्ता समाउनेलाई मृत्यूदण्डकै सजाँय  त्योपनि हामीबाटै । यही हाम्रो माग छ । आज नेपाल बन्द छ ।  खै कहाँ हो < यही दशगजाभित्रै, मेची महाकालीभित्रै, लुटेरा र तस्करविच झडप भो रे दोहोरो  तस्कर भो रे ठहरै , हाम्रो घोर आपत्ती छ ।  आज नेपाल बन्द छ । यहाँ ज्यानको सवाल छ ,  तस्करी पेशाको सवाल छ ।  राज्यले सुरक्षा दिन सकेन , यही हा...

नास्तिक (कविता)

Image
  July 25, 2013 तिमी भजनको नाममा लाल चुनरी गाउछौ , कृष्ण र राधाको प्रेम कथा घोक्छौ , गाँउका प्रेमीलाई डाँडो कटाउछौ , सांसरिक जिवनबाट मुक्ति खोज्छौ । तृष्णा पुर्ति गर्न मन्दिर धाउछौ , अहंकारले निर्लिप्त भएर मन्दिर पस्छौ । उसको सर्वनास होस , मेरो फलिफाप होस , आग्रह  गर्छौ भगवानसंग ! भाकल गर्छौ देउतालाई निर्दोष पशुलाई फाँसी दिन्छौ । कोहि मरेको खुसीयाली मनाउछौ , मलाई नास्तिकको बिल्ला भिराउछौ । ए !!!! बुज्रुकहरु हो ! तिमी लौकिक र अलौकिक भन्छौ , भौतिक र अभौतिकको कुरा गर्छौ  , पाप र पुण्यको मन्त्र जप्छौ , अनि आस्तिक र नास्तिकको लेप घस्छौ । नैतिकता र मानवियताको दोहोलो काढी . असाह्यलाई लात मार्छौ । रोगीलाई पापी भन्छौ । तिमीभित्रको रोग कसले जान्ने ? अमुक जिवको वलि दिएर कमजोरको घाटी थिचेर , शक्तिमानको पूजा गर्छौ । अनि भन्छौ अलौकीक सुखका लागी मैले पुज्ने देउताका लागी ! तिम्रो त्यो कलात्मक पत्थर सिङ्गमर्मरको भित्तोमा सजाउछौ । त्यो कुद्ने शिल्पकार , अछुत मान्छौ । पत्थर पुज्छौ , मानिसको अपमान गर्छौ । तिम्रा व्यापारिक कम्प्लेक्स भित्र देउताका नाममा सौदाबाजी गर्छौ आफ्नो पाखण्डपन...

ट्रेड युनियन

Image
  December 07, 2015 सुनिल सर मेरो यति चिठी टाईप गरिदिनु न ! टाईपिष्टले चेपारे लगाउदै काम अह्राई । सुनिल सरले हार्दिकताका साथ सघाए । सुनिल सर ! आज म आउन ढिला हुन्छ मेरो काम हेरिदिनु है !" पुराना तारा सरले सुनिललाई फोन गरेर भने ,  सुनिल सर आफ्नो कामको साथसाथै तारा सरको पनि काम हेरिदिए । सुनिल सर मेरो अनुपस्थितीमा कार्यालयको रेखदेख गर्नु है कार्यालय प्रमुखले सुनिल सरलाई नै जिम्मेवारी दिए, सुनिल सर हवस् भन्दै सम्पुर्ण काम अत्यान्तै कुशलताका साथ जिम्मेवारी निर्वाह गरे । भर्खरै लोकसेवा पास गरेर आएका सुनिल सर फुर्तिका साथ हरेक काम सम्पन्न गर्दछन। सहयोगी, मृदुभाषी तथा कार्यालयका हरेक काममा निपुर्ण उनलाई कार्यालय प्रमुख देखी करारका कार्यालय सहयोगी सम्मले काम अह्राउन सहज ठान्थे । सरकारी जागिर ठगेर खानुपर्छ भन्ने मानसिकता लाई परिवर्तन गर्नुपर्दछ र सरकारी कर्मचारी कामचोर हुन्छन भन्ने जनमानसमा गढेर रहेको प्रभाव हटाउन पर्छ भन्दै त्यसको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने सुनिल सर त्यति सहयोगी र कामप्रतिको लगाव हुदा हुदै पनि कसैका पृय थिएनन् । कारण उनी कुनै राजनितिक दल सम्बद्द ट्रेड युनियनको सदस...

गजल (मिठो लाग्छ)

April 18, 2014 समिप पर्दा लखेट्दछ्यौ तिम्र्र्रै काख मिठो लाग्छ । बज्रसरी बज्रे पनि तिम्रै हात मिठो लाग्छ । तिमी घोच्छ्यौ मुटुभित्र वचनले छुरा सरी अचानो झैँ बसे पनि तिम्रै बात मिठो लाग्छ।  मेरा निम्ति मृदुभाषा शब्दकोशमा  छैन होला , मुटु छेड्ने भएपनि तिम्रै बात मिठो लाग्छ । बिना पानी माछा जस्तै हुन्छु म त तिमी बिना,  वचन वाण हाने पनि तिम्रै बात मिठो लाग्छ।  घारे हात पसारेर मलाई गाली गरेपनि , तिम्रै स्वर तिम्रै रुप तिम्रै भाका मिठो लाग्छ ।

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

Image
कोरोनाकालदेखि नै पूर्णरुपमा घरपायक जागिरमा रमाइरहेको मेरो जागिरे दिनचर्यामा एकाएक घर छाड्नुपर्ने बाध्यता आइपर्छ । सोह्रौ वर्षमा प्रवेश गदैगर्दा मष्तिष्कमा सबैभन्दा खेलेको नाम थियो, "शहिद लखन" । नेपालका पहिलो शहिद भनेर किताबमा पढेको लखन थापा जसलाई राणाशासन र जङ्गबहादुरको विरोध गर्दा अत्यन्तै क्रुर र पाशविक हत्या गरेका थिए तत्कालिन शासकहरूले ।  हुन त पहिले श्रोतको अभाव पछि सोँचको अभाव ‍को कारणले केही मिथकहरू बाहेक भरपर्दो तथ्य त  लखन थापाको बारेमा सुनेको थिइन तर जङ्ग बहादुर राणाको विरोध मनकामना मन्दिरको स्थापना  मनकामना माताबाट शक्ति आर्जन गरेको र  आफूले राणा शासन ढाल्न सक्ने घोषणा गरी  मनकामना मन्दिरको आडैमा म मरेको एक महिनाभित्र जंगबहादुर पनि मर्छ भन्दै झुण्डिएर मरेको भन्ने कथा सुनिरहेको मलाई आफैँ झुण्डिएर मर्ने कायरलाई किन शहिदको उपमा दिइरहेका छन् वर्तमान शासकहरू भन्ने चाहिँ मनमा खेलिरहन्थ्यो ।तर मनकामना मन्दिर स्थापना गर्ने सिद्धपुरुष लखन थापा र शहिद लखन थापा एकै होइनछन् र शहिद लखन थापाले तत्कालिन जहाँनिया शासन विरुद्ध लड्नकै लागि सेना गठन गरेर तयार हुँदा मारि...